Section 79
प्रोवेशन अधिकारी सम्बन्धी व्यवस्था
(१) कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको निकट सम्पर्कमा रही निजसँग सम्बन्धित मुद्दाको अनुसन्धान, निगरानी कक्षको निरीक्षण, दिशान्तर, बाल अदालतको आदेशको कार्यान्वयनको स्थिति बारे प्रतिवेदन तयार गर्ने समेतका कार्य गर्ने गरी नेपाल सरकारले प्रत्येक जिल्लामा एक प्रोवेशन अधिकारी नियुक्त गर्नेछ।
(२) उपदफा (१) बमोजिम प्रोवेशन अधिकारी नियुक्त नभएसम्मको लागि नेपाल सरकारले प्रोवेशन अधिकारीको रूपमा कार्य गर्न नेपाल सरकारको कुनै अधिकारीलाई तोक्न सक्नेछ।
(३) प्रोवेशन अधिकारीको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।